Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

उम्मेदवार मनोनयन दर्ताको समय बढाउने तयारीमा निर्वाचन आयोग

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

काठमाडौं फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार मनोनयन दर्ताको समय थप्ने तयारी निर्वाचन आयोगले थालेको छ। निर्वाचनमा सहभागी राजनीतिक दलहरूलाई उम्मेदवार छनोट गर्न पर्याप्त समय नपुगेको भन्दै मनोनयन दर्ताको मिति केही दिन सार्नुपर्ने दबाब बढेपछि आयोग यस विषयमा छलफलमा जुटेको हो।आयोगका एक आयुक्तका अनुसार औपचारिक निर्णय हुन बाँकी रहे पनि मनोनयन दर्ताको समय केही दिन थप्ने विषयमा आयोगभित्र सकारात्मक छलफल भइसकेको छ। राजनीतिक दलहरूबाट औपचारिक तथा अनौपचारिक रूपमा समय थप्न आग्रह आइरहेकाले आयोगले यसलाई गम्भीरतापूर्वक लिएको उनले बताए।दलहरूको आन्तरिक तयारी, गठबन्धनबीचको सहमति र उम्मेदवार छनोट प्रक्रियामा देखिएको समय अभावलाई ध्यानमा राख्दै आयोग लचक देखिएको स्रोतको भनाइ छ। आयोगले दलहरूसँग छलफल गरी सर्वदलीय सहमति जुटेमा मनोनयन दर्ताको समय एक–दुई दिनसम्म थप्न सकिने जनाएको छ।यद्यपि निर्वाचन कार्यतालिका प्रभावित नहुने गरी मात्रै निर्णय गरिने आयोगको स्पष्टता छ। यस विषयमा छिट्टै औपचारिक निर्णय सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment