Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

पर्सामा बलियो उम्मेदवारको अभावबीच राप्रपाका बिना जयश्वाल मुख्य प्रतिस्पर्धीका रूपमा उदाउँदै

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 15 views
MITHILA TIMESmithila-times.com

पर्सा पर्सा क्षेत्रमा अहिलेसम्म निर्णायक रूपमा बलियो उम्मेदवार नदेखिएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका बिना जयश्वाल प्रमुख प्रतिस्पर्धीका रूपमा अगाडि देखिन थालेका छन्। पछिल्लो समय जयश्वालप्रति जनआकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ भने स्थानीय मतदातामाझ उहाँप्रतिको भरोसा र झुकाउ पनि क्रमशः बलियो बन्दै गएको देखिन्छ।स्थानीय स्तरमा लामो समयदेखि सामाजिक गतिविधि, जनसम्पर्क र राजनीतिक सक्रियतामा संलग्न जयश्वालले जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आएका छन्। विकास, सुशासन, रोजगारी र स्थानीय समस्या समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाएका कारण विभिन्न वर्ग र समुदायका मतदाताहरू उहाँप्रति आकर्षित हुँदै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।अन्य दलका उम्मेदवारहरू अझै स्पष्ट र प्रभावकारी एजेन्डासहित मैदानमा नआइसकेको अवस्थामा जयश्वालले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेका छन्। चुनावी माहोल तातिँदै जाँदा राप्रपाबाट उम्मेदवार बनेका जयश्वाल पर्सा क्षेत्रमा वैकल्पिक शक्तिका रूपमा स्थापित हुने सम्भावना बढ्दै गएको देखिन्छ।स्थानीय जनताले विगतका प्रतिनिधिबाट अपेक्षित काम नहुँदा निराशा व्यक्त गरिरहेका बेला नयाँ सोच र स्पष्ट प्रतिबद्धता लिएर आएका जयश्वाललाई परिवर्तनको आशाका रूपमा हेर्न थालिएको छ। यसले आगामी निर्वाचनमा पर्साको राजनीतिक समीकरणलाई नयाँ मोड दिने संकेत देखिएको

About The Author

Mithila Times

Leave a Comment