वीरगञ्ज। पर्सामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सुरक्षा निकाय र स्थानीय प्रशासनको सक्रिय भूमिका प्रभावकारी देखिएको छ। हनुमान जयन्ती, मोहरम, रथयात्रालगायतका धार्मिक कार्यक्रमहरू सुरक्षा संयन्त्रको समन्वय र समुदायको सहकार्यका कारण शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएका छन्।तत्कालीन तथा वर्तमान सुरक्षा अधिकारीहरूको सक्रियता, प्रमुख जिल्ला अधिकारीको समन्वय र सुरक्षा निकायको संयुक्त प्रयासले जिल्लामा धार्मिक सद्भाव कायम राख्न महत्वपूर्ण योगदान पुगेको बताइएको छ। हाल पनि पर्सामा हिन्दु–मुस्लिम समुदायबीच शान्तिपूर्ण वातावरण कायम रहेको जनाइएको छ।सुरक्षा निकायले धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकतालाई थप मजबुत बनाउन सबै समुदायसँग सहकार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।