Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

सामाजिक सञ्जाल विधेयक संसद्‌बाट फिर्ता, संसद् भवन परिसरमा जेनजी सहिदको शालिक बनाइने

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 11 views
MITHILA TIMESmithila-times.com

कलैया, २० माघ। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न तयार पारिएको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको हो।‎बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले संसद्‌मा विचाराधीन उक्त विधेयक फिर्ता लिने निर्णय भएको बताएका छन्। उनका अनुसार विधेयकबारे उठेका विभिन्न चासो र सुझावलाई ध्यानमा राख्दै सरकार पुनरावलोकनको दिशामा अघि बढ्न चाहेको हो।‎यसैगरी मन्त्रिपरिषद् बैठकले निर्माणाधीन संघीय संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको शालिक निर्माण गर्ने निर्णय पनि गरेको छ। शालिक निर्माणका लागि सिंहदरबार परिसरको गुरुयोजना संशोधन गरिने प्रवक्ता अर्यालले जानकारी दिएका छन्।‎सरकारको यस निर्णयसँगै सामाजिक सञ्जालसम्बन्धी कानुनी व्यवस्था नयाँ ढाँचामा पुनः तयारी गरी अघि बढाइने संकेत गरिएको

About The Author

Mithila Times

Leave a Comment