Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

पर्सा –२ बाट राप्रपाको आधिकारिक उम्मेदवार बिना जैसवाल

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 17 views
MITHILA TIMESmithila-times.com

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्सा क्षेत्र नम्बर–२ बाट बिना जैसवाललाई आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आधिकारिक उम्मेदवार घोषणा गरेको छ। पार्टीको केन्द्रीय तथा जिल्ला नेतृत्वको निर्णयअनुसार जैसवाललाई औपचारिक रूपमा टिकट प्रदान गर्दै निर्वाचन मैदानमा उतारिएको हो।राप्रपाले पर्सा–२ मा संगठन मजबुत बनाउँदै जनतामाझ वैकल्पिक राजनीतिक शक्ति प्रस्तुत गर्ने उद्देश्यका साथ जैसवाललाई उम्मेदवार बनाएको जनाएको छ। पार्टीका अनुसार जैसवाल लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् र स्थानीय जनसमस्याप्रति प्रत्यक्ष रूपमा जोडिँदै आएका व्यक्तित्व हुन्।उम्मेदवार घोषणा कार्यक्रममा पार्टी नेताहरूले पर्सा–२ मा सुशासन, विकास र राष्ट्रिय पहिचानको मुद्दालाई प्राथमिकतामा राखेर निर्वाचनमा जाने बताएका छन्। राप्रपाले जनताको विश्वास जित्दै निर्वाचनमा सकारात्मक परिणाम हासिल गर्ने अपेक्षा समेत व्यक्त गरेको छ।यस निर्वाचनसँगै पर्सा क्षेत्र नम्बर–२ मा विभिन्न राजनीतिक दलहरूबीच प्रतिस्पर्धा थप चर्किने देखिएको छ भने राप्रपाले बिना जैसवालको उम्मेदवारीलाई परिवर्तनको विकल्पका रूपमा अघि सारेको जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment